सर्वोच्चका एकजना श्रीमानको अमेरिकाबाट आगमन, अर्का भारत प्रस्थान

सर्वोच्चका एकजना श्रीमानको अमेरिकाबाट आगमन, अर्का भारत प्रस्थान

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल अमेरिका भ्रमणबाट स्वदेश फर्कनुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै आज अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्नुभएको हो ।

न्यायाधीश मल्ल गत शुक्रबार बिहान सवा २ बजे कतार एअरवेजमा दोहा हुँदै अमेरिका जानुभएको थियो ।

न्यायाधीश डा.नहकुल सुवेदी आज भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ । उहाँ नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो २ बजे श्रीमती सुमित्रा लामिछानेसहित त्यता प्रस्थान गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू