बढुवा

सशस्त्रमा माथि जाम,तलचाहिँ दिनहुँ बढुवाको काम

सशस्त्र प्रहरी बलमा नयाँ आर्थिक वर्ष शुरु भएसङ्गै बढुवाको क्रमले गति लिएको छ । जबकि प्रशासनिक मूल्य मान्यताअनुसार पहिले सबैभन्दा माथिल्लो तह र पदमा बढुवा सकाएपछि क्रमैसँग तल्लो तहमा बढुवा गर्नुपर्ने थियो । यहाँ भने त्यसको ठीक विपरीत जनशक्ति संगठन चार्टको उल्टोबाट बढुवा दिन थालिएको छ । जसअनुसार साउन १६ गते वरिष्ठ नायव निरीक्षक ५० जनाको बढुवा भएको छ । भोलिपल्ट १७ गते २७ जनाको प्राविधिक सशस्त्र प्रहरी हवल्दारमा पदोन्नती भएको छ । त्यसको पाँच दिनपछि साउन २२ गते एक हजार ९२७ जना…