हिमालयन बैंकले जहाँ हात हाल्यो,त्यहिँ होहल्ला
![हिमालयन बैंकले जहाँ हात हाल्यो,त्यहिँ होहल्ला](https://janaaastha.prixacdn.net/media/albums/himalayan-bank-limited_uShTW8GlAC.jpg)
हिमालयन बैंक अर्को बैंकसँग मर्ज गर्ने मामिलामा निकै आलोचित भएको छ । यसअघि नेपाल इन्भेष्टमेण्ट बैंकसँग अन्तिम चरणमा पुगेर मर्जर भाँडिएको हिमालयन बैंकको सम्बन्धमा अहिले फेरि सिभिल बैंकसँग खटपट भएको छ ।
हिमालयन र सिभिलबीच हिजो मर्जरको निम्ति एमओयुको तयारी थियो । सोही घोषणाको निम्ति सोल्टी होटलमा एक साताअघि नै हल बुक थियो । पाँच दिनअगावै मर्जर कमिटीले स्वाप रेसियोको निर्णय गरेको थियो । जसअनुसार सिभिल बैंकको सेयर प्रति कित्ता ८१ रुपैयाँ हुँदा हिमालयनको १०० कायम हुने पक्का भयो ।
तर हिमालयन बैंकको सञ्चालक समितिले उक्त सहमतिलाई स्वीकृत गरे पनि कर्मचारी समायोजनबारे चट्टानी अडान राखेपछि अप्ठेरो परेको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरमा ठूला र वित्तीय रुपमा सबल भनिएका बैंकको व्यवस्थापनले कर्मचारी समायोजनलाई प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।
हिजो इन्भेष्टमेण्ट बैंकसँग मर्ज हुने क्रममा आफूले सबै कर्मचारीको तह समान हुनुपर्ने आवाज उठाएको हिमालयन बैंकले अहिले सिभिल बैंकका कर्मचारीलाई एक तह मुनि घटुवा गर्नुपर्ने माग अगाडि तेर्साएको बताइन्छ ।
टिप्पणीहरू