यातायात व्यवस्था कार्यालयको सेवा ठप्प, मंसिर पहिलो सातापछि मात्रै खुल्ने

यातायात व्यवस्था कार्यालयको सेवा ठप्प, मंसिर पहिलो सातापछि मात्रै खुल्ने

यातायात व्यवस्था कार्यालय, भक्तपुरले सवारी चालक अनुमतिपत्रअन्तर्गतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, रि–ट्रायल र नयाँ तथा वर्ग थप दर्ताको राजश्व संकलन सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि ट्राफिक प्रहरीहरु समेत खटिनुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको छ ।’

टिप्पणीहरू