नातिको रिसमा हजुरबाको हत्या
रुकुमपश्चिमका एक बृद्धकोे हत्या अभियोगमा छ जना पक्राउ परेका छन् । मुसीकोट नगरपालिका –८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार शनिबार राति आ…