निलम्बित डिजीलाई जेलको ढोकैबाट अस्पताल
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । विशेष अदालतमा आज भएको थुनछेक बहसपछि उनलाई सदरखोर डिल्लीबजार चलानको आदेश भएको छ ।
भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा १३ करोडभन्दा बढी अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले गत साता उनलाई हिरासतमा लिएको थियो । आज विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश…