थुनामा पठाइएका मेयरलाई कास्की ल्याइयो
सहकारी ठगी अभियोगमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्न बागलुङबाट त्यता लगिएको हो । नेपालीलाई आज बिहान पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
बचतकर्ताको डेढ अर्ब कुम्ल्याएर भागेका नेपाली गत असोज ११ गते भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए । जिल्ला अदालत, बागल…