बहुपत्नीवाला नेता पासाङविरुद्ध थुप्रै मुद्दा विचाराधीन
हिजो साँझ पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाविरुद्ध अन्य गम्भीर अपराधका मुद्दा पनि विचाराधीन अवस्थामा रहेको पाइएको छ । एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्ध मानव तस्करी,ठगी, चेक बाउन्सजस्ता मुद्दा विचाराधीन अवस्थामा छ ।
बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले हिजो साँझ धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत, काठमाडौंमा बहुविवाहको मुद्दा हालेकी थिइन् ।
जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले जिल्लाको फैसला सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किंदै आएका उनी पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए ।
अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई सुरक्षामा खटाइएपछि केही दिनअघि बसेको पार्टीको सचिवालय बैठकमा चर्को विरोध भएको थियो । ‘फरार अभियुक्त पासाङ शेर्पालाई किन कारबाही नगरिएको ?’, भन्दै सचिवालय सदस्यहरुले ओलीलाई प्रश्न गरेका थिए । परिसरका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार फैसला कार्यान्वयनका लागि आज उनलाई अदालत उपस्थित गराइनेछ ।
‘अपराध गर्ने अनि जोगिनका लागि पार्टी अध्यक्षनिकट बन्ने । पार्टी अध्यक्षले यस्ता कुरा नदेखेपछि हामीले के भन्ने ? यस्ता पात्रहरुका कारण पार्टी बद्नाम हुँदै गएको छ’,
जनआस्थासँग उनले भने,‘बहुविवाहको केसमा उहाँ पहिल्यै नै दोषी ठहर भइसक्नुभएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौं । उहाँलाई आजै अदालत उपस्थित गराउँछौं ।’
ताप्लेजुङका शेर्पा नेकपा एमालेबाट पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य बनेका थिए । उनीमाथि अमेरिका पठाइदिने भनेर सिंगो गाउँलाई ठगेको आरोप छ । अमेरिका पठाइदिन्छु भनेर २०–२० लाख रुपैयाँ उठाएको तर नपठाएको भन्दै पीडितहरुले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसैगरी, तीन करोड ९० लाख रुपैयाँ लिएर १३ जनालाई मेक्सिको पुर्याएको आरोप सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान अगाडि बढाएको थियो ।
तर, राजनीतिक दबाबका कारण अनुसन्धान रोक्नुपरेकोमा फाइल अझैपनि सिआईबीमा छ । उनले २०७२ सालमा बाजुराकी एक युवतीलाई मेक्सिको हुँदै अमेरिका पठाउने भनेर १३ लाख रुपैयाँ लिएका थिए । बीच बाटोमै अलपत्र परेकी उनलाई पछि पासाङले केही रकम दिएर घटना ढाकछोप गरे ।
उनीविरुद्ध १३ लाख र ६३ लाख रुपैयाँको चेक बाउन्सको मुद्दा पनि विचाराधीन छ । विवादित पृष्ठभूमिका उनलाई ओलीले संरक्षण गरेपछि एमालेका नेताहरु रुष्ट बनेका थिए । ओलीले विवादित र विभिन्न अपराधमा मुछिएका व्यक्तिहरुलाई बचाउँदा पार्टी बद्नाम भएको एक एमाले नेता बताउँछन् ।
‘अपराध गर्ने अनि जोगिनका लागि पार्टी अध्यक्षनिकट बन्ने । पार्टी अध्यक्षले यस्ता कुरा नदेखेपछि हामीले के भन्ने ? यस्ता पात्रहरुका कारण पार्टी बद्नाम हुँदै गएको छ’,उनले भने ।
टिप्पणीहरू