भदौ २४ गते आगो लगाउन उक्साउने दुई जना पक्राउ
जेनजी प्रदर्शनका क्रममा निजी आवास तोडफोड गर्न उक्साएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
कास्कीको मादी गाउँपालिका–५ भैँसेका २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलोका ३८ वर्षीया विमला सापकोटालाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते भएको विध्वंसका क्रममा उनीहरूले माईकिङ गर्दै आगजनी, तोडफोड र लुटपाट गर्न उक्साएको प्रहरीको दाबी छ । दुवैमाथि जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसूरमा चार दिन म्याद थपगरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू