रवि र छविको मुद्दामा थप मिसिल झिकाउने आदेश

रवि र छविको मुद्दामा थप मिसिल झिकाउने आदेश

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा थप प्रमाण मिसिल झिकाउन अदालतले आदेश दिएको छ। उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि सो आदेश भएको छ ।

यसअघि कात्तिक २० गते पनि अदालतले प्रमाण मिसिल झिकाउन निर्देशन दिएको थियो। तर सो मिसिल नआएकाले अदालतले आज पुनः थप मिसिल झिकाउन आदेश दिएको हो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई तोकिएको बिगो बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। तर, गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त निवेदन अस्वीकार गरेको थियो।

सो निर्णयविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन्। हाल उनी नख्खु कारागारमा छन् भने पूर्व डीआईजी जोशीलाई रुपन्देही कारागारमा राखिएको छ।

टिप्पणीहरू