सल्यानमा १४ वर्षीया, ललितपुरमा २४ वर्षीयामाथि सामूहिक बलात्कार
सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरिएको समाचारलगत्तै राजधानी नजिकैको ललितपुरमा २४ वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।
युवतीलाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४, इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मोरङको बढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय इलिभास मिया छन् ।
उनीहरूले युवतीलाई इमाडोल सेतीपाखास्थित आफ्नै कोठामा पुर्याएर गत आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
उता सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पनि दुई जना पक्राउ परेका छन् ।
टिप्पणीहरू