रक्सी खाएर भनाभन हुँदा छातीमा छुरा रोपियो

रक्सी खाएर भनाभन हुँदा छातीमा छुरा रोपियो

सुनसरीमा छुरा प्रहारबाट गम्भिर घाइते भएका एक जनाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका–६, मुनाल चोकका ४० वर्षीय आशिष दर्जीको आज अस्पतालमा मृत्यु भएको हो ।

हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय सविन तामाङ पक्राउ परेका छन् ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी झगडा हुँदा सविनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइतेको उपचारका निम्ति घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू