ग्लोबल आईएमई बैंकलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

ग्लोबल आईएमई बैंकलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

ग्लोबल आइएमई बैंक लिमिटेडले युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२ प्राप्त गरेको छ । हिजो बेलायतको राजधानी लण्डनमा आयोजित कार्यक्रममा उक्त अवार्ड दिइएको हो ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् । यो अवार्ड सन् १९९२ मा स्थापना गरिएको हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ्ग क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई विश्लेषण गरेर अवार्ड प्रदान गरिएको बताइएको छ ।

युरोमनी म्यागजिनले बैंकिङ क्षेत्रको विश्लेषण गर्छ । बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको जनाइएको छ ।

ग्लोबल बैंकको नेपालभर २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

टिप्पणीहरू