भन्सार छलिएको तोरी सशस्त्रको नियन्त्रणमा

भन्सार छलिएको तोरी सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरी बलले मोरङमा भन्सार छलेर ल्याउँदै गरेको साढे दुई लाख बढीको तोरी नियन्त्रणमा लिएको हो । स्थानीय जहदा गाउँपालिका १, बुद्धनगरस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले उक्त तोरीसहित ४० वर्षे विशालदेव मुखियालाई पक्रेको हो ।

प्रदेश १–४–००१ त १२७४ नम्बरको ट्याक्टरमा राखेर भारतबाट अवैध रुपले नेपाल भित्र्याउँदै गरिएको सानो आकारका १ सय ४५ बोरा तोरी र मुखिया पक्राउ परेका हुने ।

उनलाई सशस्त्र प्रहरी बलको नेपाल बिओपी जहदाभुताहबाट खटिएको टोलीले पक्राउ गरेको हो । मुखियालाई बरामद तोरी तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू