ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो फाइदाजनक नयाँ योजना
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुध्दति निक्षेपलाई दोब्बर,तेब्बर,चौबर वा सोहीअनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुध्दति योजना” सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत तोकिएको समयावधिभित्र ग्राहकहरुको चाहनाबमोजिम सोभन्दा अझ बढी पनि लाभ हुनेछ ।
यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात रु. १०,००० रहेको छ ।
यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकले बतायो ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरु सार्वजनिक गर्दै ग्राहकहरुलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको दावी गरिएको छ ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम,२७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बताइन्छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका,संयुक्त अधिराज्य बेलायत, क्याबाडा,अष्ट्रेलिया,मलेसिया, दक्षिण कोरिया,जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
टिप्पणीहरू