बहुविवाह मुद्दाका फरार प्रतिवादी साढे तीन वर्षपछि फेला
बहुबिवाह मुद्दाका फरार प्रतिवादी साढे तीन वर्षपछि समातिएका छन् । झापाका् शिवसताक्षी नगरपलिका १० घर भएका ४३ वर्षीय होमप्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दंगालविरुद्ध २०७६ वैशाख ८ गते झापा जिल्ला अदालतले बहुविवाह मुद्दामा फैसला सुनाएको थियो । त्यसयत्ता फरार उनी हिजो पक्राउ परेका हुन् ।
दंगाललाई नियन्त्रणमा लिइ फैसला कार्यान्वयनको निम्ति जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
टिप्पणीहरू