गठबन्धनभित्रै नागरिकता विधेयकको विरोध, मुलुक नडुबाउन जनमोर्चाको सुझाव

गठबन्धनभित्रै नागरिकता विधेयकको विरोध, मुलुक नडुबाउन जनमोर्चाको सुझाव

सत्तारुढ पाँच दलीय गठबन्धनभित्र नागरिकता विधेयकको विरोध भएका छ । गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु स्वागत योग्य कार्य भएको बताएकी छन् । आज बसेको संसद् बैठकमा सरकारले पुनः पेश गरेको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकमा भएको त्रुटी र कमजोरीमाथि सदनमा छलफल गरिनुपर्ने पौडेलेको माग छ ।

सांसद पौडेलले भनिन्, ‘नागरिकता राजनीति, सामाजिक, भौगोलिक आधार र सीमाहरूको अध्ययन गरेर दिइन्छ । बिहे गर्दैमा नागरिकता पाउन योग्य भयो भन्ने सिद्धान्त विश्वमा कहीँ पनि छैन । नागरिकता राष्ट्रिय अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भएकाले विवाह गरेर आउने बित्तिकै नागरिकता प्रदान गर्ने हो भने नेपाल छिट्टै फिजी जस्तै हुनेछ ।’

‘नेपाली नागरिकले नागरिकता पाउनैपर्छ, त्यसमा कमजोरी छन् भने सुधारौँ, तर खुला सीमाना भएको देशमा बिहे गरेकै भरमा नागरिकता पाउने अधिकार दिने कुरा रोकौँ,’ पौडेलको भनाइ थियो । गठबन्धनभन्दा ठूलो देश र जनता भएकाले गठबन्धनमा आवद्ध दलहरुलाई मुलुक डुबाउने काम नगर्न सुझाएकी छन्

टिप्पणीहरू