उत्तर कोरियाली राजदूत सिंहदरबारमा

उत्तर कोरियाली राजदूत सिंहदरबारमा

विभिन्न मुलुकका कुटनीतिज्ञले सरकारी अधिकारीहरुलाई भेट्ने क्रममा आज उत्तर कोरियाका राजदूत पनि सिंहदरबार पुगेका छन् । पछिल्लो केही समयदेखि शक्ति राष्ट्रदेखि छिमेकी मुलुकका राजदूतले प्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बारम्बार भेट्दै आएका छन् ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग शिष्टाचार भेटवार्ता गर्न उत्तर कोरियाका राजदूत जो योङ मेन मन्त्रालय पुगेका हुन् । मन्त्री र राजदूतबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको बताइएको छ ।

राजदूत मेनले नेपालमा लगानीको निम्ति आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए । मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई बेला बेलामा गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको जानकारी दिइएको छ ।

टिप्पणीहरू