सुबिसु फाइबरमा आगलागी, यातायात कार्यालयको सेवा ठप्प

सुबिसु फाइबरमा आगलागी, यातायात कार्यालयको सेवा ठप्प

काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा ठप्प भएको छ । सुबिसु फाइबरमा आगलागीपछि इन्टरनेटमा समस्या आएकाले कार्यालयले सेवा स्थगित गरेको बताइएको छ ।

आज दिँउसो १ बजेदेखि रि–ट्रायल, नवीकरण, ट्रायल पासको राजश्व, प्रतिलिपि तथा सवारी चालक अनुमतिपत्र प्रमाणीकरणलगायत कार्य अवरुद्ध भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।कार्यालयले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । साथै, आजको रि–ट्रायलको राजश्व बुझाउने कार्य आगामी आइतबार बिहान ७ बजेदेखि १० बजेभित्र हुने जानकारी गराइएको छ ।

यातायात व्यवस्था कार्यालयले प्रत्येक हप्ताको बिहीबार र शुक्रबार मात्र रि–ट्रायलको राजश्व बुझ्ने गरेको छ ।

टिप्पणीहरू