एमबिबिएस अध्ययनरत छात्र झुण्डिए

एमबिबिएस अध्ययनरत छात्र झुण्डिए

कोहलपुर मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । कलेजको चिसापानीस्थित भवनमा उनले आत्महत्या गरेका हुन् ।

एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत सिद्धार्थ वैश्य हिजो छात्रबासमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार, छात्रबासको अन्य कोठामा दुई जना विद्यार्थी बस्दै आए पनि सिद्धार्थ एक्लै बसेका थिए । हिजो बिहान साढे ८ बजेसम्म कोठाबाट सिद्धार्थ बाहिर ननिस्केपछि आशंकामा ढोका खोलिएको बताइएको छ ।

ढोका खोल्दा डोरीमा झुण्डिएका सिद्धार्थ मृत अवस्थामा भेटिएका हुन् । नेपालगञ्ज निवासी दिनेश बानियाँका २१ वर्षे छोरा सिद्धार्थले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोट समेत भेटिएको छ । उक्त नोट प्रहरीले बरामद गरे पनि विवरण गोप्य राखेको छ ।

शवको आज भेरी अस्पतालमा पोस्टमार्टमपछि अन्तिम संस्कार गरिने उनका आफन्त नन्दलाल वैश्यले बताए ।

प्रारम्भिक अनुसन्धानबाट उनको रुचीको बिषय एमबिबिएस नभए पनि परिवारका कारण डाक्टरी पढ्नुपरेकाले उनी तनावमा रहेको संकेत देखिएको बताइन्छ । यस्तै तनावका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

टिप्पणीहरू