बाढीले रामेछापमा पाँच घर बगायो
अविरल वर्षापछि आएको बाढीले रामेछापमा पाँच घर बगाएको छ । गोकुलगंगा गाउँपालिका–२ ठोसेको एकाम फेदीमा रहेको नासिङ खोलामा आएको बाढीले ती घर बगाएको बताइएको छ ।
बाढीले तीन वटा पक्की घर र अन्य दुई वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । बाढीका कारण सन्तोष रोका, ज्ञानबहादुर रोका, हरिबहादुर खत्री, धनलक्ष्मी गुरागाईं र रमेश रोकाका परिवार विस्थापित भएका छन् ।
बाढीले घर बगाएपछि विस्थापितहरूले छिमेकीको घरमा आश्रय लिएको बताइन्छ ।
टिप्पणीहरू