माछा मार्न गएका बाबु ९ महिने छोरासहित बिते, आमाको अवस्था गम्भीर
तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको ज्यान गएको छ । सोही क्रममा आमा गम्भीर घाइते भएकी छन् । पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बंगुर फार्ममा काम गर्दै आएका उनीहरु हिजो दिउँसो खोलमा माछा मार्न गएका थिए ।
करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बाको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको हो ।
घाइते १९ वर्षीया दिलमाया ब्याम्बोको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू