माओवादी बैठक पदाधिकारी छान्न असफल

माओवादी बैठक पदाधिकारी छान्न असफल

पदाधिकारी चयनका लागि भन्दै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिनानिष्कर्ष टुंगिएको छ । हिजो पटक-पटक स्थगित गरेर आज बिहान बसेको बैठकले पदाधिकारी टुंगो लगाउन नसकेको हो ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौँ,’ उनले भने ।

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले आज अन्तिम रुप दिन नसकिएको उनको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न सकेको छैन । महासचिवकाे विषयले पदाधिकारी चयन पेचिलाे बनेकाे हो ।

टिप्पणीहरू