पंखाको हावा खान खोजेका रामको करेन्ट लागेपछि प्राण उड्यो
सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बोदेबर्साई नगरपालिका–३ मधुवनका रामआशिष यादवका छोरा अन्दाजी १८ वर्षीय रामनरेशको करेन्ट लागेर मृत्यु भएको हो ।
बार्दलीको भित्तामा अड्याइएको पंखामा अचानक हातले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो ।
घटनालगत्तै यादवलाई उपचारको निम्ति छिन्नमस्ता अस्पताल राजविराज लगिएकोमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू