इजरायलको गुप्तचरमा महिला प्रमुखको नियुक्ति, इरान हेर्ने पनि महिला नै

इजरायलको गुप्तचरमा महिला प्रमुखको नियुक्ति, इरान हेर्ने पनि महिला नै

इजरायलको गुप्तचर एजेन्सी मोसादको निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन् । इजरायली विदेश मन्त्रालयको डिजिटल कूटनीति टोलीको आधिकारिक ट्विटरमार्फत ‘ए’ नामकी महिलालाई मोसादको निर्देशकमा नियुक्त गरिएको जानकारी दिइएको छ ।

इजरायलले इरान डेस्कको प्रमुखको रुपमा पहिलो पटक अर्की एक जना महिलालाई जिम्मेवारी दिएको छ । ती महिलाको सांकेतिक नाम ‘के’ रहेको छ ।

ट्वीटमा भनिएको छ, ‘आज मोसाद इन्टेलिजेन्स अथोरिटीको निर्देशकको पदको जिम्मेवारी ‘ए’ ले सम्हालेकी छन् भनेर घोषणा गर्न चाहन्छ । मोसादको इतिहासमा यो पदमा बस्ने उनी पहिलो महिला हुन् । अर्की वरिष्ठ महिला एजेन्ट ‘के’ ले इरान डेस्कको प्रमुखको जिम्मेवारी पाएकी छन् ।’

इजरायल सरकारले ती दुवै जना महिलाको परिचय गोप्य राखेको छ । तर, एक जना महिलाको परिचय स्पष्ट नहुने गरी फोटो भने सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू