अब उठ्छ फोहोर

अब उठ्छ फोहोर

काठमाडौँको फोहोर देखेर हर्क साम्पाङसमेत चकित भएका छन् । एकै ठाउँ यति धेरै फोहोर जम्मा भएको उनले आजसम्म देखेका थिएनन् होला । हर्क साम्पाङ मात्र होइन, देशका कुनै पनि मेयरले यति थुप्रो फोहोर आ–आफ्नो नगरमा नदेखेकै हुनुपर्छ । त्यो स्वाभाविक पनि हो । किनभने त्यति फोहोर निकाल्ने मान्छे पनि त नगरमा हुनुप¥यो नि ! सबै नगरका मान्छे काठमाडौँमै आएर बसिरहेका छन् । भएभरका नेपाल काठमाडौँमा बसेर धरानमा कसरी फोहोर निस्कन्छ ?

अहिले सबैजना काठमाडौँको ठाउँ ठाउँमा फोहोर जम्मा भएको देखेर चकित छन् । तर काठमाडौँमा यति धेरै फोहोर आयोचाहिँ कहाँबाट भन्ने विषयमा कोही चकित छैनन् । के योचाहिँ चकित हुनुपर्ने विषय होइन ? सात दिन उठाउन बन्द हुँदा पूरा काठमाडौँ फोहोरै फोहोरले भरिन थालेको छ । काठमाडौँमा यति धेरै फोहोर कहाँबाट आयो ? कसले उत्पादन ग¥यो ? किन उत्पादन भयो ? हर्क साम्पाङजीले त्यसबारे सोचेका खै ?

तै पनि कोही बात छैन । अहिले काठमाडौँको फोहोरबारे राजनीतिक पार्टीहरू पनि सचेत हुन थालेका छन् । त्यसैले काठमाडौँको फोहोर व्यवस्थापन गर्न वक्तव्य, ¥याली, भाषण आदि जे जति सम्भव छ सबै शुरु भएको छ । अब यति धेरै वक्तव्यवाजी र भाषणवाजी गरेपछि फोहोर त छिट्टै उठ्छ होला नि ?

टिप्पणीहरू