राजधानी गन्हाउनुमा तीनै तहका सरकार जिम्मेवार : कांग्रेस महामन्त्री शर्मा

राजधानी गन्हाउनुमा तीनै तहका सरकार जिम्मेवार : कांग्रेस महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहका सरकार हुँदा पनि काठमाडौँको फोहोर नउठ्नु लज्जास्पद विषय भएको बताएका छन् । आज काठमाडौँमा ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढंगले सोच्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै शर्माले असन्तुष्टी जनाएका छन् । उनले फोहोर व्यवस्थापनमा महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिन आग्रह समेत गरे ।

बञ्चरेडाँडाका नागरिकको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘काठमाडौं जस्तो शहरमा फोहोर उठाउने कुरा र यसको दीर्घकालीन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्नुपर्छ । निर्वाचित मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पुर्याउनुपर्छ । त्यहाँ बञ्चरेडाँडाका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्न आवश्यक छ ।’

उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्नेमा जोड दिए ।

टिप्पणीहरू