सैनिक हाकिमको काम, वाक्नु वाकेर बर्दीकै बदनाम

सैनिक हाकिमको काम, वाक्नु वाकेर बर्दीकै बदनाम

ब्यारेकको अपारदर्शी जिन्दगी, अफिसर मेसको रौनक र सिपाहीको राशनमा ‘पति निवास’ को मोज– यस्तै सुविधाको कारण सेनाका कतिपय उच्च अधिकारीहरु रक्सी र युवतीको पर्यायवाची भएका छन् ।

प्रमुख सेनानी मृगेन्द्रविक्रम बस्नेतमाथि अहिले त्यस्तै मस्तीको महाराज बनेको आरोप छ । तीन महिनाअघि उनले जंगी अड्डाभित्रै गज्जब हर्कत देखाएका थिए ।

जंगी अड्डाबाट पुतलीसडक र पुतलीसडकबाट बानेश्वर सन्ध्याकालिन नियमित रुट हो । बिहान फ्रेस भएर अड्डा आएको देखिने उनीलगायत केही हाकिम साँझ घर जाँदा प्रायः हप्तैपिच्छे ‘झ्याप’ हुने गरेको सहपाठीको अनुभव छ ।

बस्नेतले पेश गरेको विश्व मावि बिहारको प्रमाणपत्रमाथि पनि आशंका गरिएको छ । अहिले उनी सेनाको कानून विभाग प्रमुख रत्नप्रकाश थापाका खम्बा हुन् । थापालाई ठुल्दाइ भन्ने गरेकै कारण उनका गल्ती र कमजोरीहरु माफ हुँदै आएको आम बुझाइ छ ।

उता सिपाही क्रान्ति (नाम परिवर्तन) भक्तपुरस्थित कुकुर गणमा कार्यरत छिन् । बस्नेत मात्तिएको बेला उनकै नाम मुखबाट फुत्त आउने गरेको सुनिन्छ । तीन वर्षअघिको त्यस्तै एउटा घटनाबाट २४ घण्टे कारवाहीमा परेका उनलाई हेटौंडा पठाइएको थियो ।

नानीदेखि लागेको बानी भनेझैँ त्यहाँ पनि उनले मौकामा चौका हानेरै छाडे । हेटौंडामा पनि केटी सिपाहीलाई लछारपछार गरेपछि काठमाडौं तानियो । यसबारे कानून विभागमा कार्यरत होमकुमार लावती र तत्कालीन सेनापति राजेन्द्र क्षेत्री राम्रैसँग जानकार रहेको बताइन्छ ।

झण्डै पाँच वर्षअघि पोखरा बस्दा उनी धेरै पटक लड्दै–पड्दै अस्पताल पुगेको रेकर्ड देखिन्छ । बस्नेतलगायत केही हाकिमले मात्तिएपछि सँधै युवतीको बारेमा छाडा बोल्ने भएकाले सेवामा खटिनेहरु हैरान छन् ।

जहाँ पायो त्यहीँ खाने, खाने मात्रै होइन बर्दीमै ओछ्यानमा वाक्क पनि गर्ने भएपछि घरकै म्याडमहरु पनि नरिसाउने कुरो भएन । तर, रिसाएकी श्रीमतीलाई त्यस्ता हाकिमहरुले फोनमै भन्ने गरेका छन्, ‘कडा छु है म । खान्छु, पिउँछु, मस्ती गर्छु । कसले छुन्छ मलाई ?’

हुन त प्रमुख सेनानी बस्नेतकी श्रीमती पनि फौजी नै हुन् तर उनी सशस्त्र प्रहरी बलमा कार्यरत छिन् । पेशाले चिकित्सक हुन् । चिकित्सकले नै आफ्ना घरका मान्छेलाई कुलतबाट छुटाउन नसकेपछि त्यस्तो पीडा कसले सल्टाइदिने ?

– शुभचिन्तकहरु

टिप्पणीहरू