प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, प्रचण्ड मेडिसिटीमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ । उहाँ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको बताइन्छ ।
अस्पताल पुगेर उहाँले लामो समयदेखि उपचार गराइरहेका गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएका गिरीको गतवर्ष घाँटीमा क्यान्सर देखिएको हो । भारतको मुम्बईमा उपचारपछि काठमाडौं ल्याइएको हो ।
नेता गिरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजो काँग्रेस नेताहरु अस्पताल पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनअघि भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
टिप्पणीहरू