गिरीको निधनको नगरपालिकाको बिदा, बजार नखोल्न उद्योग वाणिज्य संघको आग्रह

गिरीको निधनको नगरपालिकाको बिदा, बजार नखोल्न उद्योग वाणिज्य संघको आग्रह

नेपाली काँग्रेसका नेता तथा सिरहा क्षेत्र नम्वर-१ का सांसद प्रदिप गिरीको निधनको शोकमा लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नगरभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) र वडा कार्यलयहरु बन्द गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मायानाथ आचार्यले जारी गरेको सूचनामा भनिएको छ,’यस नगरपालिकाभित्र रहेका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरु आकस्मिक सेवा बाहेक वडा कार्यलयहरु तथा मातहतका कार्यलयहरु शोकस्वरुप बन्द गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध छ ।’

यस्तै, जिल्ला उद्योग वाणिज्य संघ सिरहाले पनि गिरीको निधनको शोकमा बजार बन्दको आह्वान गरेको छ । संघका प्रवक्ता रविन्द्र श्रेष्ठले विज्ञप्ती जारी गरेर बिहान ८ बजेदेखि एक दिन शोक विदा मनाइदिन लहान नगरपालिकाभित्रका सम्पूर्ण उद्योग र व्यावसायीसँग अनुरोध गरेका छन् ।

लहान नगरपालिका-१४ स्थायी घर भएका गिरीको गएराति ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

टिप्पणीहरू