साहित्यकार विश्वकर्माको स्मृतिमा पुगे पर्यटनमन्त्री

साहित्यकार विश्वकर्माको स्मृतिमा पुगे पर्यटनमन्त्री

काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित युनियन हाउस प्रालिको सभाहलमा दलित समुदायद्वारा आयोजित कार्यक्रम शुरु भएको छ ।

साहित्यकार टिआर विश्वकर्माको ३२ औं स्मृतिको अवसर पारेर नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो ।

“दलित समुदायको कला,साहित्य र संस्कृतिको विकास” विषयक कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रनेन्द्र बराइलीको अध्यक्षतामा केही बेर अघिदेखि शुरु भएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि रहेका छन् ।

त्यस्तै, प्रतिष्ठानका संरक्षक तथा पूर्व राजदूत पदम सुन्दासलगायत दुई दर्जनले कार्यक्रममा उपस्थिति जनाएका छन् ।

टिप्पणीहरू