कम्युनिस्टको तीजको रहर आयो बरिलै
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्य तथा उपत्यका युवा विशेष जिल्ला कमिटीको आयोजनामा शपथ ग्रहण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँको बुद्धनगरमा आयोजित शपथ तथा तीज विशेष कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित सदस्यता प्रदान गरी कार्यकर्तालाई शपथ ग्रहण गराउनु भएको हो । उक्त शपथ ग्रहण तथा सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकारको साथमा चार सय भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा पार्टी उपाध्यक्ष जयन्ती राई, महासचिव डा.बेदुराम भुसाल,उपमहासचिव डा. विजय पौडेल,स्थायी कमिटी,केन्द्रीय कमिटी, युवा सङ्घ नेपाल, अनेरास्ववियुलगायत जनवर्गीय सङ्गठनका नेताहरूको उपस्थितिमा शपथसहित तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपश्चात् एकीकृत समाजवादीले निर्वाचन लक्षित बैठक र सङ्गठन विस्तारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
टिप्पणीहरू