समाजवादीका झलनाथ र एमालेका विष्णु पौडेलवीच विमानस्थलमा जम्काभेट,के भयो सल्लाह ?
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले दुई पार्टीबीच एकीकरणको लागि पहल गर्ने बताउनुभएको छ । उहाँहरुबीच हिजो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवामा भएको जम्काभेटमा पार्टी एकताका लागि पहल गर्ने सन्दर्भ उठेको हो ।
दुई नेताबीच भएको जम्काभेटको सन्दर्भ उल्लेख गर्दै स्रोतले भन्यो, ‘पार्टी मिलाउनको निम्ति पहल हुनुपर्नेमा दुबै नेताको सैद्धान्तिक सहमति रह्यो । विगतको कमजोरी सच्चाएर अघि बढ्नुको विकल्प नभएको,पार्टी विभाजनपछि कम्युनिस्ट आन्दोलन कमजोर भएको सन्दर्भलाई दुवै जनाले मनन गर्नुभएको छ ।’
गत स्थानीय निर्वाचनमा पराजय भोगेको, सत्ताबाट बाहिरिएको र आगामी निर्वाचनमा सत्ता गठबन्धनका कारण एमालेले सोचेको परिणाम नआउने आकलन हुन थालेपछि दुवै पार्टीका नेताहरुबीच यसरी भिआइपी लाउन्जमा अकस्मात भेट हुँदा अनौपचारिक कुराकानीमा मिल्नुपर्ने कुरो उठ्न थालेको हो । तर,एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमाले एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्न छाड्नुभएको छैन ।
टिप्पणीहरू