अनौठो बलात्कार, अचम्मको अफर

अनौठो बलात्कार, अचम्मको अफर

न्याय निसाफका लागि कहलिएका गोरखाका राजा राम शाहको कथन थियो, ‘न्याय नपाए गोरखा जानु ।’ न्याय सम्पादनमा निष्पक्षताको सवाल उठ्दा अहिले पनि यही भन्ने गरिन्छ । आजको युगमा न्याय नपाए कहाँ जाने ? निःसन्देह, सबैको आस्था र विश्वासको धरोहर न्यायालय हो । तर, कैयौँ वर्षपहिले नै न्याय सम्पादनमा निष्पक्षता खोज्ने त्यो चेतना आजको उन्नत लोकतान्त्रिक समाजलाई नै गिज्याउने गरी बर्बाद बनेको छ ।

न्यायमा आम मान्छेको सहज पहुँच अहिले पनि छैन । त्यसैले त न्यायालयमाथि अनेकौँ प्रश्न र आशंका उठ्ने गरेका छन् । न्यायसम्पादन नै ठप्प हुने गरी न्यायाधीश, नेपाल बार एशोसिएसन, कानुन व्यवसायी र सिंगै न्याय क्षेत्र आन्दोलित हुनुको कारण पनि त्यही हो । तथापि, अदालत र न्यायाधीशहरू मुद्दाको फैसला गर्दा सेटिङमार्फत न्याय किनबेच हुने गरेको आरोपबाट मुक्त छैनन् ।

पछिल्लो उदाहरण हुन्, २१ महिने दूधे बालक काखमा बोकेर न्यायको खोजीमा काठमाडौँका सडक गल्लीतिर भौँतारिइरहेकी महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीया सोनालकुमारी सिंह अर्थात् निहारिका राजपुत ।

यस्तै, अर्को एउटा मुद्दामा पनि अदालतले पीडितलाई दुःख दिएर अभियुक्तलाई जोगाउन खोजेको आरोप लागेको छ । गोरखाको एउटा विद्यालयमा मास्टरी गर्ने सोझो श्रीमान्लाई उतै छाडी काठमाडौँमा अर्कै केटा खेलाउने युवतीले अनेक हत्कण्डा अपनाएर त्यो पुरुषलाई फसाउन खोजेपछि उनीहरूको रामकहानी बाहिर आएको छ । घरमा श्रीमान् हुँदाहुँदै विदेश बस्ने परपुरुषसँग लसपस गरेर उसैका विरुद्ध मुद्दा मामिलामा उत्रिएकी गोरखाकी युवतीलाई जोगाउन भएभरको शक्ति लागेको पीडित पक्षको दाबी छ ।

गोरखाका ती पुरुष केही वर्षदेखि देशबाहिर छन् । विदेशमा हुँदै महिलासँग उनको अन्तरंग सम्बन्ध झांगिएको थियो । शुरुमा सामान्य चिनजानमा रहेका उनीहरू तीन/चार वर्षदेखि फेसबुकमार्फत छुट्टिनै नसक्ने गरी नजिकिएका हुन् । लोग्नेलाई छलेर परपुरुषको अँगालोमा बाँधिएकी ती महिला काठमाडौँमा आनन्दले बसिरहेकी थिइन् । यसैबीच गत दसैँमा वाचाअनुसार प्रेमी नेपाल नआएपछि नखरा शुरु भयो ।

घटनाका जानकारहरूका अनुसार सँगै बसेर दसैँको टीका लगाउने, घुम्न जाने र रमाइलो गर्ने युवतीको चाहना थियो । तर, प्रेमी नआएपछि तनावमा परेकी उनले भाइबरबाटै टीका लगाइदिन आग्रह गरिन् । आफ्नो हातबाट टीका नलगाई गोर्खाका पतिको हातको टीका नलगाउने प्रेमिकाको अड्डी विदेशबाट पुरुषले पूरा गर्न सक्दैनथे । त्यसपछि उनीहरूबीच लफडा शुरु भयो र भाइबरमा लाइभ गरेर आत्महत्या गर्न भन्दै डोरीसहित युवती शिवपुरीको जंगलतिर लागिन् ।

आफ्ना कारण युवतीले ज्यान फाले अनाहकमा फसिने डरका कारण पुरुषले आफूसँग भएका कुराकानीको संवाद र घटनाबारे गोरखास्थित उनका श्रीमान्लाई खबर गरिदिए । यो घटनाबाट श्रीमान् नछाडी अर्को केटासँग मस्ती गर्ने योजना भताभुंग भएपछि युवतीले बदला लिने उपाय खोज्न थालिन् । विदेशबाट फर्किनेबित्तिकै जेल हाल्ने तयारीसाथ प्रेमिकाले बनाएको योजनाको शिकार भएका पुरुष अहिले मुद्दा–मामिलामा परेका छन् ।

वैशाखमा नेपाल आउने बताएका उनीविरुद्ध युवतीले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिइवरी पक्राउ पुर्जी लिइराखेकी थिइन् । त्यही आधारमा २ बजे काठमाडौँ उत्रिएका ती पुरुषलाई प्रहरीले पाँच बजे समातेर करिब १५ दिन हिरासतमा राख्यो । अहिले दुई लाख १० हजार धरौटीमा निस्किएका उनका विरुद्ध उच्च अदालत पाटनमा मुद्दा छ । गत बिहीबार न्यायाधीश महेश शर्मा र नारायणप्रसाद पौडेलको संयुक्त इजलासमा पेशी चढेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि भोलिलाई अर्को सुनुवाइ तोकिएको छ ।

भक्तपुरको अर्को त्यस्तै मुद्दामा जिल्ला न्यायाधीशले अभियुक्तलाई सफाइ दिएको आरोप लागेको छ । चिनजानकी एक युवतीलाई जबर्जस्ती मुखमैथुन गरेको आरोप लागेका विकास तौजले नामक युवकलाई न्यायाधीश स्वीकृति पराजुलीले सफाइ दिएपछि पीडित पक्ष उच्च अदालत पुगेको छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै साउन २० गते उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र बालेन्द्र रूपाखेतीको इजलासले अभियुक्तलाई कसूरदार ठह¥याएको छ । स्वीकृति पराजुलीको इजलासले फास्टट्रयाकबाट मुद्दा टुंगोमा पु¥याएर विकासलाई धरौटीमा छाडेको थियो ।

यो घटनाका दोषी विकासले मिलापत्रका लागि पीडित पक्षलाई १ करोडसम्म अफर गरेको प्रहरी बयानमै उल्लेख छ । तर, युवती र उनको परिवारले पैसा लिएर मिलापत्र नगर्ने अडान लिएको कारण मुद्दा लम्बिएको हो ।

उच्च शिक्षा अध्ययनका लागि सर्लाहीबाट आएकी ती युवती दिदीसँगै भक्तपुरमा बस्थिन् । दिदीको होटल छ । सिसिआरसी कलेजमा साइन्स पढ्ने उनी प्लस टु सकेर दिदीलाई सघाउन होटलमा जाने गर्थिन् । त्यही क्रममा त्यहाँ आइरहने विकाससँग चिनजान भयो । दिदीले पहिले नै चिनेको र इञ्जिनियर पढ्ने केटा भएकाले नजिकिन थालिन् ।

त्यही क्रममा एक दिन विकास होटलमा आए । राम्रै कुराकानी भयो । खाजा खाइसकेपछि विकासलाई होटलमै छाडेर युवती नजिकै रहेको कोठामा गइन् । लगत्तै विकास पनि पुगे । प्रहरीको बयानमा विकासले आफूले पहिले नै कोठा देखेको र बारम्बार आउजाउ हुने गरेको बताएका छन् ।

पीडितको दाबीअनुसार विकासले आँखामा पट्टी बाँधेर आफ्नो अंग सुँघाउने र युवतीले पहिचान गर्नुपर्ने अनौठो खेल खेल्ने प्रस्ताव राखेका थिए । विश्वासभन्दा ठूलो कुरा के हुन्छ र ! युवती राजी भइन् । त्यसक्रममा उसले युवतीलाई आफ्नो लिंग सुँघाइदिएको र प्रतिवाद गरेपछि समातेर त्यहीँ जबर्जस्ती मुखमा विर्य स्खलन गराएको दाबी पीडित पक्षले गरेको छ ।

युवतीले प्रहरी र सरकारी वकिललाई दिएको बयानमा आफू एकदम डराएकाले तत्काल घटनाबारे कसैलाई भन्न नसकेको बताएकी छन् । के गरौँ कसो गरौँ भन्ने सोच्दासोच्दै भोलिपल्ट सर्लाहीमा रहेकी आमालाई जानकारी गराएको र तेस्रो दिन जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएको बयानमा उल्लेख छ । युवतीले उजुरी लिएर जाँदा विकास अर्को मुद्दामा त्यहीँ थुनामा थिए ।

यो मुद्दाको फाइल हेर्दा प्रारम्भमा युवतीको पक्षमा देखिएको प्रहरी पछि फेरिएको र बयानदेखि सबैमा उसको पीडकप्रति समर्थन रहेको देखिन्छ । सरकारी वकिलको पनि पीडितप्रति बलियो समर्थन रहेको पाइन्न । पीडितलाई ५०–६० लाख लिएर घटना मिलाउन प्रस्ताव गरेको बयानमै लेखिएको छ । १ करोडसम्म नगद र विदेश पढ्न पठाउने अफर गरेको पीडित पक्षले बताएको छ ।

यो घटनामा सामाजिक अभियन्ता भन्नेहरूले समेत पैसा खाएर मुद्दा फिर्ता लिन युवती र उनको परिवारलाई दबाब दिएको श्रोत बताउँछ । पीडित पक्ष पैसा लिएर मिलापत्रमा जान राजी नभएपछि जिल्ला न्यायाधीशलाई प्रभावमा पारेर पीडकको पक्षमा फैसला गराइएको सरकारी वकिलहरूकै आशंका छ । फैसलामा अभियुक्तले सफाइ पाउनुका कारण निकै चलाखीपूर्ण ढंगले लेखिएको बताइन्छ ।

टिप्पणीहरू