बहुबिबाहको सजाय छल्न भागेका विश्वकर्मा डेढ महिनापछि समातिए
बहुबिवाह मुद्दाका फरार प्रतिवादी डेडमहिनापछि समातिएका छन् । अर्घाखाँची भुमिकास्थान नगरपालिका-३ बस्ने गंगा बहादुर विश्वकर्मा बहुबिवाह मुद्दामा पक्राउ परेका हुन् ।
विश्वकर्माविरुद्द अर्घाखाँची जिल्ला अदालतले २०७९ असार २८ गते बहुबिवाह मुद्दामा एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । फैसला सुनेलगत्तै फरार भएका उनलाई हिजो घरैबाट प्रहरीले पक्राउ गरेको हो ।
हिजो पक्राउ परेका विश्वकर्मालाई आज कैद भुक्तानका निम्ति अर्घाखाँची जिल्ला अदालत पठाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू