फुटपाथ व्यापारीहरूले काठमाडौँ महानगर घेरे

फुटपाथ व्यापारीहरूले काठमाडौँ महानगर घेरे

काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीलाई विकल्प बिना हटाएको भन्दै आन्दोलन गरेका छन् । उनीहरू महानगरपालिकाको कार्यालयअगाडि पुगेर नाराबाजीमा उत्रेका हुन् । भेटेर ज्ञापन पत्र बुझाउने योजनाका साथ महानगरपालिका कार्यालय पुगेका उनीहरूलाई मेयर बालेन साहले वास्ता नगरेकोले विरोधमा उत्रनु परेको उनीहरूले बताए ।

फुटपाथ व्यापारीहरू हाम्रो बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर,फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर,श्रमको सम्मान गर,नगर प्रहरीको अत्याचार बन्द गर,विना विकल्प धोका दिन पाइँदैन जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रेका हुन् ।स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने,सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरूलाई मापदण्ड बनाई समुचित व्यवस्थापन गर्नु पर्ने, माग राखेका छन् ।

त्यस्तै राज्यको प्रशासनबाट भइरहेका अमानवीय गतिविधिहरू बन्द गरी स्वरोजगार श्रमिक र राज्यका वीचमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । महानगरले फुटपाथलाई व्यवस्थित गर्ने भन्दै साना व्यापारीलाई मारमा पारेको उनीहरूको आरोप छ।

टिप्पणीहरू