शीतल निवासमा नागरिकता विधेयकवारे सुझाव दिन आज जान लागे पूर्व सेनापतिहरु

शीतल निवासमा नागरिकता विधेयकवारे सुझाव दिन आज जान लागे पूर्व सेनापतिहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक सन्देशसहित फिर्ता पठाए पनि संसदले उक्त विधेयकलाई पुनः अगाडि बढाएको छ । शीतल निवासले फिर्ता भएको नागरिकता विधेयक अघि बढाइएपछि सक्रियता बढाएको हो ।

विधेयक फिर्ता गर्नुअघि शीतल निवासमा तारन्तार भेटघाट भएको थियो । अहिले पनि त्यस्तै भेटघाट जारी छ । सो क्रममा छलफल गर्न आज राष्ट्रपति भण्डारीले अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाउनुभएको छ ।

यसैबीच शीतल निवासमा राष्ट्रपति भण्डारीसँग हिजो नेपालस्थित कूटनैतिक नियोगका प्रमुखहरुले पनि भेटघाट गरेका छन् । क्रोएसिया,माल्दिभ्स, दुबई,श्रीलंका, इथियोपिया, सर्बियालगायत मुलुकका राजदूतहरुले हिजो दिउँसो २ बजेदेखि ३ बजे बजेसम्म संयुक्त भेटवार्ता र छलफल गरेका हुन् ।

टिप्पणीहरू