बन्दकै दिन झन् किन मापसे गर्ने बढी ?
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २७ सय ३४ जना सवारी चालकलाई कारबाही गरिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न स्थानमा हिजो कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
हिजो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको आव्हान गरेका थिए । बन्दको समयमा मदिरा सेवन गरी गाडी चलाउने १७४ जना पनि कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा अनुशासन पालना नगर्ने ५६,रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्बर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ३३३ जनालाई अन्य कारबाही गरिएको छ ।
टिप्पणीहरू