माओवादीनिकट महिला नेत्रीहरुलाई तीजको दर

माओवादीनिकट महिला नेत्रीहरुलाई तीजको दर

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेत्रीहरु भातृ संगठनले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन बुध्दनगर पुगेका छन् । अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय छात्रा विभागले आयोजना गरेको कार्यक्रम बुध्दनगरस्थित क्वालिटी ब्याँक्वेटमा जारी छ ।

कार्यक्रममा मन्त्री भुसाल प्रमुख अतिथि र विशेष अतिथि पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीमगरलाई बनाइएको छ । त्यस्तै, माओवादी नेतृहरु जयपुरी घर्ती मगर,सत्या पहाडी, उर्मिला अर्याल,अमृता थापामगर, अञ्जना विसंखे र कल्पना शर्मालगायत स्थायी कमिटी सदस्यहरु पनि त्यहीँ छन् ।अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,छात्रा विभाग प्रमुख तथा उपाध्यक्ष प्रबिना अधिकारीलगायत अन्य विद्याथी संगठनका नेता र क्रान्तिकारी समर्थित विद्यार्थीहरू कार्यक्रममा उपस्थित रहेको बताइएको छ ।

टिप्पणीहरू