चोलेन्द्रलाई १५ गते सोधपुछमा झिकाउने समितिको निर्णय
संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग सोधपुछ गर्ने भएको छ । आज सिंहदरबारमा बसेको महाभियोग छानविन गर्न गठित समितिले राणालाई भदौ १५ गते ११ बजे सोधपुछका लागि बोलाउने निर्णय गरेको हो ।
बैठकले कार्यविधि र कार्यतालिका पारितसमेत गरेको छ । १८ वा १९ गतेभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने गरी कार्यतालिका पारित गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । तर,त्यसमा एमालेका सांसदहरुले तीन बुँदे फरक मत राखेको बताइएको छ ।
समितिमा एमालेको तर्फबाट सांसदहरु विष्णु पौडेल,लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य रहेका छन् । त्यस्तै, कांग्रेसबाट मीनबहादुर बिक, रामबहादुर बिष्ट र माओवादी केन्द्रका तर्फबाट यशोदा सुवेदी र रेखा शर्मा रहेका छन् । एकीकृत समाजवादीका कल्याणी खड्गा र जनता समाजवादीका प्रमोद साह समितिमा सदस्य छन् ।
टिप्पणीहरू