बैंकिङ कसूर मुद्दाका अर्का प्रतिवादी पनि समातिए
बैंकिङ कसूर मुद्दाका अर्का एक फरार प्रतिवादी पक्राउ परेका छन् । पूर्वीरुकुम सिस्ने गाउँपालिका–५ स्थायी घर भइ हाल बाफल बस्दै आएका ३९ वर्षीय अर्जुन बुढाथोकीलाई प्रहरीले हिजो सुकेधाराबाट पक्राउ गरेको हो ।
बुढाथोकीविरुद्द उच्च अदालत पाटनले विभिन्न मितिमा बैंकिङ कसूर मुद्दामा एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सजायको फैसला सुनाएको थियो । फैसलापछि फरार रहेका बुढाथोकीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार बुढाथोकीलाई नियन्त्रणमा लिएर आज जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
टिप्पणीहरू