क्रोएसिया पठाउने नाममा लाखौँ ठगी
आकर्षक तलबको आश्वासन देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक समातिएका छन् । विराटनगर महानगरपालिका-१६ घर भइ काठमाडौं बस्दै आएका २६ वर्षीय उत्सव दाहाल पक्राउ परेका हुन् ।
दाहालले धनञ्जय कुमार कार्कीलगायतलाई क्रोएसियाकाे कृषि फाममा मासिक एक लाख तलवमा काम लगाइदिने विश्वास दिलाइ ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकाे प्रहरीले जनाएकाे छ ।
दाहाललाई आज काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्दनगर पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू