नेपाली काङ्ग्रेसको चुनाव लक्षित विशेष भेला
आगामी मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबारे छलफल गर्न नेपाली काङ्ग्रेसका पदाधिकारीहरु जुटेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित बालुवाटार पार्टी प्यालेसमा चुनाव लक्षित भेला राखिएको हो ।
काङ्ग्रेसको क्षेत्र नम्बर ५ क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुले ‘नेपाली काङ्ग्रेसलाई अत्यधिक बहुमतसहित विजयी गराऔं’ भन्ने मूल नाराका साथ केही बेरअघिदेखि छलफल शुरु गरेका छन् ।
छलफलमा काठमाडौं महानगरपालिका वडा नम्बर २,३,४,५ का वडा समितिका सभापति, उपसभापति तथा पदाधिकारी,सदस्य, क्षेत्रीय प्रतिनिधि,प्रदेश पदाधिकारीहरुले उपस्थिति जनाएका छन् ।
त्यस्तै, आ–आफ्नो टोल कमिटीका संयोजक, पदाधिकारी,सदस्य, भातृ संगठनका अध्यक्ष, क्रियाशील सदस्यलगायत एक सय बढीको सहभागिता रहेको छ ।
टिप्पणीहरू