बृन्दावनको स्कुलमा मोबाइल प्रतिवन्ध

बृन्दावनको स्कुलमा मोबाइल प्रतिवन्ध

रौतहटको एक स्थानीय तहले शिक्षकहरुलाई कक्षकोठामा मोबाइल चलाउन रोक लगाएको छ । बृन्दावन नगरपालिकाले त्यहाँका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालय समयमा मोबाइल चलाउन नदिने निर्णय गरेको हो ।

बृन्दावनका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले एक सूचनामार्फत सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठक राखेर शिक्षकलाई पठनपाठनको समयमा कक्षाभित्र मोबाइल चलाउन नदिन निर्देशन दिएको जानकारी दिए ।

पालिकाका सामुदायिक स्कुलमा मोबाइन फोन निषेध गरिएको उल्लेख गर्दै उनले उक्त नियम पालना गर्न अटेरी गरे शिक्षक आचारसंहिताअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

टिप्पणीहरू