प्रभुका ग्राहकलाई सीता होटलमा आकर्षक छुट

प्रभुका ग्राहकलाई सीता होटलमा आकर्षक छुट

प्रभु बैंक लिमिटेडका ग्राहकले सर्लाहीस्थित सीता प्यालेस होटलमा आकर्षक छुट पाउने भएका छन् ।

बैंकमा खाता भएका ग्राहकलाई प्यालेस होटलद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशतसम्म छुट दिन लागिएको हो ।

बैंक र होटलले अस्ति विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने भनेर सम्झौता गरेका थिए ।

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र होटलका तर्फबाट मुकुन्दप्रसाद घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत होटलमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ च्यानलहरु प्रयोग गर्नुपर्ने जनाइएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ ।

टिप्पणीहरू