नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडर सिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७गते विभिन्न कार्यक्रमह गरेर अवार्ड कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका वषयमा समिक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएक थिए ।

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जनाअभिकर्तालाई जनही एक लाख सहितविशेष सम्मानगरिएको थियो । नेपाललाइफको प्रतिनिधित्वगर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।

कोभिड-१९का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबै भन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो ।

यसरी सहभागी हुने दुई सय ५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उक्त समान्नितहरु मध्येप्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रथम स्थान हासिल गर्नेलाई दुई लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतियहुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पुर्णमा मोटिभेसन प्रदान गरेकाथिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो कामप्रति उत्साहित बनाएका थिए ।

कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्यव्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा, सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीका नेशनल शेल्स हेड उमापतिपोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोनप्रमुखहरु र रिजनल प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

टिप्पणीहरू