सरिता गिरी स्वतन्त्रबाट सिराहामा भिड्ने सुर
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सरिता गिरी पनि भिड्ने भएकी छन् ।
चुच्चे नक्साबिरुध्द बोलेर खुल्लमखुल्ला भारत पक्षधरता देखाएबापत साँसद पद गुमाएकी उनले नेपाल सद्भावना पार्टी परित्याग गरी सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । उनले हिजो मात्र सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी थिइन् । तर, आफू कुन पार्टीबाट लड्ने सार्वजनिक गरेकी थिइनन् ।
यसैक्रममा सरिताले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ । साथै, उनले चुनावमा सहयोग गरिदिन सबैसंग आग्रह पनि गरेकी छन् । अस्ति बुधबार नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी हुन् । स्वर्गीय प्रदीप गिरीको अन्तिम इच्छाअनुसार आफू सद्भावना पार्टीबाट स्वतन्त्र भएको उनको भनाइ थियो ।
टिप्पणीहरू