भदौ १५ भित्र रिक्त न्यायाधीश नियुक्ति भैसक्ने
न्यायपरिषदले तत्काल तीनै तहका अदालतमा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ । कामु प्रधान न्यायाधीश दिपक कार्की दोलखा जानुअघि अस्ति बसेको न्यायपरिषद बैठकले एक हप्ता गृहकार्य गरेर प्रक्रिया थाल्ने अनौपचारिक निर्णय गरेको हो ।
खासगरी सर्वोच्च र उच्च अदालतमा एकैसाथ ठूलो संख्यामा न्यायाधीश रिक्त हुने भएपछि न्यायपरिषदले नियुक्ति प्रक्रिया शुरु गर्ने तयारी गरेको हो । न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसी उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि अहिले सर्वोच्चमा दुई न्यायाधीश रिक्त छ । अर्को हप्ता कायम मुकायम प्रधानन्यायाधीश दिपक कार्की पनि घर जाँदै हुनुहुन्छ ।
अवकाशको एक महिनाअगावै बिदा बस्ने प्रचलनअनुसार उहाँ भदौ १५ पहिले नै घर जाने तयारीमा हुनुहुन्छ । त्यस्तै, लगत्तै न्यायाधीश बमकुमार श्रेष्ठ अवकाशमा जाँदै हुनुहुन्छ भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको मङ्सिरमा कार्यकाल सकिंदैछ ।
अस्तिको न्यायपरिषद बैठकमा ठोस कुरा नभए पनि भदौको दोस्रो साताभित्र न्यायाधीश नियुक्तिबारे टुंगो लगाउने समझदारी जुटेको बताइएको छ ।
टिप्पणीहरू