आज संक्रमित भन्दा निको हुने धेरै

आज संक्रमित भन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर ३२४ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार पाँच सय १५ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक हजार ६७३ पीसीआर परीक्षणमा १६३ र एक हजार ८४२ एन्टिजेन परीक्षणमा १६१ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा ९२, भक्तपुरमा ७ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी, आज ४१८ जना कोरोना संक्रमणबाट निको भएका छन् भने एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ जना रहेका छन् ।

टिप्पणीहरू