सुदूरपूर्वी पहाडलाई चुनाव लाग्यो

सुदूरपूर्वी पहाडलाई चुनाव लाग्यो

नेकपा एकीकृत समाजवादीको ताप्लेजुङ जिल्ला कमिटी बैठकले संघ र प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । संघका लागि प्रत्यक्षतर्फ हर्क याक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराई अनि समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाई सिफारिस भएका छन् ।

प्रदेशको क निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ, ख निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खेम वनेम, मञ्जु भट्टराई, ठाकुरसिं नाल्बू तथा प्रदेश समानुपातिकतर्फ रामचन्द्र पोमू, देवीमाया नेपाली, निता सिवा र अम्बर लोहार समेतको नाम सिफारिस भएको नेकपा एकीकृत समाजवादी ताप्लेजुङका अध्यक्ष छिरिङ लामाले बताउनुभएको छ ।

नेकपा एसको ताप्लेजुङ जिल्ला कमिटी बैठकले यही भदौभित्र सम्पूर्ण स्थानीय निकायमा पार्टी कमिटी गठन र सञ्चालन, जनवर्गीय संगठनका बैठक सञ्चालनको निर्णयसहित कामको जिम्मेवारी तोकिएको बताएको छ । ताप्लेजुङका सबै अंग र कार्यकर्ता मंसिर ४ को निर्वाचनमा होमिएको जिल्ला सचिव मोहन न्यौपानेले बताउनुभएको छ ।

भदौ २६ गते ताप्लेजुङमा नेकपा एस गठन गरिएको हुँदा वृक्षरोपणसहित विविध कार्यक्रम गर्ने निर्णय भएको ताप्लेजुङ जिसस प्रमुख तथा नेकपा एस जिल्ला पार्टी अध्यक्ष छिरिङ लामाले बताउनुभएको छ ।

टिप्पणीहरू